संरक्षणको अभावमा ऐतिहासिक बलामकोट मासियो
बागलुङ । बागलुङ नगरपालिका–८ सिगानामा रहेको ऐतिहासिक बलामकोट संरक्षणको अभावमा मासिँदै गएको छ । भुरेटाकुरे राजाले राज्य सञ्चालन गरेको भनिने बलामकोट दरबार संरक्षण नहुँदा भग्नावशेष समेत माटोमा पुरिएको छ । हाल बलामकोट क्षेत्रमा माटाका ढिस्का मात्रै देखिन्छन् । समयमै संरक्षण र उत्खनन् हुन नसक्दा ऐतिहासिक महत्त्व बोकेको यो स्थल लोप हुने अवस्थामा पुगेको छ । […]