• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday

बागलुङमा २५ वर्षपछि हरीबोधनी एकादशी मेला पुन सुचारु

  • २०८३ मंसिर ५, शुक्रबार

बागलुङ । आज हरीबोधनी एकादशी । कुनै समेय चर्चित मेलाको रुमा चिनिएको बागलुङको निरयघाटको एकादशी मेला २५ वर्षपछि पुन सुचारु गरिएको छ । बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला बिहीबारबाट शुरु भएको छ ।

हजारौँको भिड लाग्ने मेला किनमेल तथा भेटघाटका लागि समेत उत्तिकै प्रसिद्धभएपनि २०५७ सालदेखि बन्द रहेको थियो । हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने , िकनमेल गर्ने र रातभर भजन कृतन गाउँने परम्परालाई यसपटकबाट मेलाको रुपमा २५ वर्षदेखि निरन्तरता दिन थालिएको मेलाका संयोजक राजु खड्काले बताउनुभयो ।

शान्ति सुरक्षा र द्वन्द्वका कारण २५ वर्षयता सञ्चालनमा आउन नसकेको मेलालाई यस वर्ष मानवसेवाधाम निरयघाटको आयोजनामा सञ्चालनमा ल्याइएको छ । तीन दिन सम्म लाग्ने मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, १०८ तुलसीको बिबाह गर्ने, तोरण तान्ने र भजन कृतन गर्ने गरी सञ्चालनमा ल्याइएको खड्काले बताउनुभयो । मेलाको जेष्ठ नागरिक दुर्गा बहादुर आचार्यले उद्घाटन गर्नुभएको छ ।

मानव सेवा आश्रमको अगुवाईमा कालीगण्डकी किनारमा १०८ तुलसीका मठ निर्माण गरी तुलसी समेत रोपण गरिएको छ । मेलाको मुख्य दिन ठूली एकादशीको दिन एकसाथ १०८ तुलसीको बिबाह समेत गरिने छ ।

एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने र तोरण तान्ने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुन नसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्न थालिएको हो ।

रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २५ वर्षपछि तीन दिवसीय रुपमा आयोजना गरिएको हो ।

बागलुङको एकादशी मेला नेपालकै ठूलो मेलामध्येको एक रहकाले पुन सुचारु गरिएको छ । ५ गतेसम्म धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित मेला आयोजना गरिएको छ । मेलाको अवसरमा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ । भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु। एक लाख ५० हजार, द्वितीय हुनेले रु। एक लाख, तृतीय हुनेले रु। ५० हजार र सान्त्वना हुने टोलीले रु। २५ हजार पुरस्कार प्राप्त गर्ने भलिबल प्रतियोगिताका संयोजक किशोर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । मेलामा १३ समूह प्रतिस्प्रर्धामा छन् ।

मेलामा धार्मिक प्रवचन, सन्ध्या आरती, स्थानीय लोक तथा भजन संस्कृतिको प्रदर्शनलगायत कार्यक्रमसमेत समावेश गरिएको छ । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण र युवाको सहभागिता बढाउने उद्देश्यले मेला पुनः सञ्चालन गर्न लागिएको हो ।

  • २०८३ मंसिर ५, शुक्रबार