• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बेनीबाटै प्यान नम्बर, बागलुङ जानुपर्ने बाध्यता अन्त्य

म्याग्दी । प्यान नम्बर लिन बागलुङ जानुपर्ने बेनी बासिको बाध्यता समाप्त भएको छ ।

आन्तरिक राजस्व कार्यालय, बागलुङबाट प्यान निकाल्दै आएकाहरुको लागि अब बेनी नगरपालिकाबाटै व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (प्यान) लिनसक्ने व्यवस्था मिलाइएको छ ।

बुधबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न शर्मा र आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवाल बिच समझदारी पत्रमा हस्ताक्षर गरेर बेनीबाटै प्यान नम्बर उपलब्ध गराउन थालिएको हो ।

आन्तरिक राजश्व कार्यालय बागलुङ अन्तरगत हालसम्म बागलुङ जिल्लाको गलकोट नगरपालिका, पर्वतको पैयु गाउँपालिकापछि म्याग्दीको बेनी नगरपालिकामा कर सेवा केन्द्र सुरू भएको हो ।

स्थानीय तहबाटै करदाता सेवा उपलब्ध हुन थालेपछि उद्योगी, व्यवसायी, करदातालाई सहज र पहुँचयोग्य भएको छ । सेवा सुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम लगायतको उपस्थिती रहेको थियो ।