• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

५० लाख खर्चेर दामगाडेमा पक्की सिँचाइ कुलो निर्माण

  • २०८३ असार ३२, बिहीबार

बागलुङ । परम्परागत सिँचाइ कुलो कहिले भासिने त कहिले पहिरो जाने समस्याले आजति बागलुङको रेशका किसानलाई पक्की सिँचाइ कुलो मिर्नाण भएपछि सहज भएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–७ स्थित रेश फाँटमा निर्माण भएको पक्की सिँचाइ कुलोले सहज बनाएको छ ।

साङ्खोला दामगाडे सिँचाइ आयोजना मार्फत रु.५० लाख खर्चेर पक्की सिँचाइ कुलो निर्माण भएपछि खेत सिँचाइका लागि सहज भएको छ । कुलोमा पानीको चुहावट धेरै भएर हैरान भएका किसानलाई पक्की कुलो निर्माणपछि सहज भएको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले लगातार तीन वर्ष लगाएर ८८० मिटर लामो सिँचाइ कुलो निर्माण तथा मुहान संरक्षण गरेपछि सहज भएको छ ।

साङ्खोला देखि दामगाडे सम्म पक्की कुलो र मुहान मर्मत तथा खोला संरक्षण लगायतमा अहिले सम्म रु. ५० लाख खर्च भइसकेको छ । अझै १० लाख खर्चेर कुलोलाई पूर्णता दिने तयारीमा स्थानीय छन् ।

पहिलो वर्ष रु. ३० लाख, दोस्रो वर्ष रु.१० लाख र चालु आर्थिक वर्षमा रु. १० लाख गरी रु. ५० लाख लागतमा कुलो बनाइएको साङ्खोला–दामगाडे सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष थम्मन जिसीले जानकारी दिनुभयो ।

उहाँले पहिरो जाने, कुलो भासिने लगायतका समस्याले खेतमा सिँचाइ गर्न पानी अपुग भएकाले पक्की कुलो मार्फत पानी ल्याउदा किसानलाई सहज र धेरै पानी ल्याउन थालिएको बताउनुभयो ।

“परम्पराकालदेखिनै सिँचाइ कुलो थियो, तर पानी भासिएर जाने, कुलो पहिरो जाने लगायतका समस्याले गर्दा पानी ल्याउनै मुस्किल पर्ने अवस्था थियो केही खेत त सिँचाइको अभावमा बाँझिएको समेत थियो, त्यही समस्यालाई मध्यनजर गर्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको सहयोगमा पक्की कुलो बनाएका छौं” जिसीले भन्नुभयो “आगमी वर्षमा समेत रु. १० लाखको बजेट परेकाले खेत सम्म कुलो पुग्ने छ, पक्की कुलोले एकै दिनमा धेरै रोपनी सिँचाइ गर्न तथा खेत रोप्न सकिन्छ, पहिला कच्ची कुलोमा पानी कम आउथ्यो ।”

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुबोध नेपालले सिँचाइ कुलो मार्फत किसानको खेतमा पानी पु¥याएर उब्जानी बढाउन सघाएको बताउनुभयो । उहाँले उक्त आयोजना प्रभावकारी रुपमा कार्यान्वय भएको र आगमी आर्थिक वर्षमा समेत रु. १० लाख विनियोजन भएको जानकारी दिनुभयो । उहाँले मुहान मर्मत र संरक्षण संगै ८८० मिटरर भन्दा लामो पक्की सिँचाइ कुलो निर्माण भएको बताउनभुयो ।

उपभोक्ता समितिका अध्यक्ष तथा किसान थम्मन जिसीले रेशको उपल्लो फाँटमा उक्त कुलोले झण्डै २०० किसानको ४०० रोपनी भन्दा बढी खेत सिँचाइ गर्न पुग्ने बताउनुभयो । बागलुङ जिल्लाभर ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगिसकेको छ ।

चालु आर्थिक वर्षमा मात्रै ८० हेक्टर सिँचाइ योग्य जमिन थपिएको हो । चालु आर्थिक वर्षमा समेत १०७ सिँचाइका योजना कार्यान्वयभएपछि चिँचाइको पहुँचमा वृद्धि भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिँचाइ कुलो निर्माण भएपछि बाँझिन थालेको खेती योग्य जमिन समेत हराभरा हुन थालेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृत ११४ योजनामध्ये १०७ योजना कार्यान्वयन भएका छन् भने सात योजना विभिन्न समस्याका कारणले कार्यान्वयन हुन सकेनन् ।

 

  • २०८३ असार ३२, बिहीबार