• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

ट्रक दुर्घटना हुँदा चालक घाइते

 

म्याग्दी । बेनी दरवाङ सडक खण्ड अन्तरगत बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सिमाना घुमाउनेभीरमा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ ।

भैरहवा देखि म्याग्दीको मालिका गाउँपालिका ६ का लागि सिमेन्ट ल्याएर आएको ग२ख ०८४० नम्बरको ट्रक आइतबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक तानसेन नगरपालिका ८ मदनपोखरा पाल्पाका ३४ वर्षिय गोविन्द बहादुर खाम्चा घाइते हुनुभएको छ । घाइतेको रातिनै उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

तीन सय ४० बोरा सिमेन्ट बोकेर आएको ट्रकमा रहेको सिमेन्ट खोलामा पुगेको प्रहरीको भनाई छ ।