• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षमा प्रकाश खड्का

  • २०८३ आश्विन १०, शनिबार

टोकियो, जापान । बागलुङ जिल्ला सिगाना–तित्याङ घर भई हाल जापानमा बसोबास गर्दै आएका नेपालीहरूलाई संगठित गर्दै “सिगाना तित्याङ समाज जापान” गठन गरिएको छ। टोकियोमा शनिबार सम्पन्न समाज गठन तथा छलफल कार्यक्रमबाट प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

जापानमा रहेका सिगाना–तित्याङवासी नेपालीहरूबीच आपसी एकता, भाइचारा, सामाजिक सहयोग तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले समाज गठन गरिएको बताइएको छ। कार्यक्रमबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद (लालसिंह) खड्का चयन भएका छन्।

त्यस्तै उपाध्यक्षमा भुपेन्द्र के.सी., कृष्णा खड्का र महेश जि.सी., सचिवमा शुसिल क्षेत्री, सह–सचिवमा राजु खड्का, कोषाध्यक्षमा सन्तोष खड्का तथा सह–कोषाध्यक्षमा कृष्ण खड्का चयन भएका छन्। त्यसैगरी युवा संयोजकमा मोहन जि.सी. र सांस्कृतिक संयोजकमा विनोद खड्का चयन भएका छन्।

सदस्यहरू देवेन्द्र खड्का, जित क्षेत्री, राजिन खड्का, पुष्कर खड्का, सुजन खड्का, इश्वर खड्का, खिम बहादुर खड्का र योगेश खड्का। नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका सिगाना–तित्याङवासीबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई प्राथमिकता दिँदै सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

समाजले आपतकालीन सहयोग, सामाजिक सेवा, सांस्कृतिक कार्यक्रम, भेटघाट तथा जन्मभूमिसँग सम्बन्धित विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै नेपाली कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै जापानमा हुर्कंदै गरेको नयाँ पुस्तालाई आफ्नो जन्मभूमि र समुदायसँग जोड्ने गतिविधिलाई समेत प्राथमिकतामा राख्ने बताइएको छ।

समाज गठनसँगै जापानमा रहेका सिगाना–तित्याङवासीहरूबीच संस्थागत रूपमा सहकार्य गर्ने नयाँ आधार तयार भएको अध्यक्ष प्रकाश खड्काले बताउनुभयो। समाजले आगामी दिनमा सबै सिगाना–तित्याङवासीलाई समेट्दै आपसी सहयोग र सामाजिक उत्तरदायित्वका गतिविधिलाई अघि बढाउने जनाएको छ।

  • २०८३ आश्विन १०, शनिबार