• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

जन्मदिनमा अनाथ बालबालिकालाई खाना

म्याग्दी । बेनी नगरपालिका ७ मंगलाघाटका प्रसिद्ध सापकोटाको जन्मदिनको अवसरमा उनका परिवारले बालसंगठनमा आश्रय लिएर बसेका अनाथहरु सँग मिठो भोजन गरेका छन् ।

प्रसिद्धकी आमा पुष्पाको आग्रहमा ऋषिकेस तिवारीले बेनी नगरपालिका ७ स्थीत बाल संगठनमा आश्रय लिएर बसेका बालबालिकाहरुका लागि भोजन गराउनु भएको हो ।

बाल सगठनका अध्यक्ष राजशे शाक्यले सामाजिक कार्यमा सबैले हात बढाएको खण्डमा कसैले पनि आफू अनाथ छु भन्ने अनुभव गर्न नपर्ने धारणा राख्नु भएको थियो ।

उक्त अवसरमा बेनी नगरपालिका ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले जन्मोत्सवका समयमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमै खर्चिनु राम्रो हुने धारणा राख्नु भएको थियो ।