• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

मुस्ताङ । मुस्ताङमा लेक लागेर एक जना तिर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।

उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिमिल्सिनाको सोमबार मृत्यु भएको हो ।