• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

एमाले केन्द्रीय सदस्य मना केसीलाई पितृ शोक

  • २०८२ फाल्गुन ५, मंगलवार

बागलुङ

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी जिसीलाई पितृ शोक परेको छ ।

केसीका पिता हर्क बहादुर खत्री (केसी) को बुधवार सांझ बागलुङ नगरपालिका वडा नं. ३ गुठी स्थित निवासमा निधन भएको हो । ८१ वर्षीय खत्री केही समयदेखि विरामी रहनु भएको थियो । बागलुङको ताराखोला गाउँपालिका वडा नं. २ सिले, साविक अर्गल गाविस वडा नं. १ मा जन्मेका खत्रीले ८ वर्ष सिले प्राथमिक विद्यालयमा शिक्षण पेशा गर्नु भएको थियो ।

पञ्चायतकालमा अर्गल गाविस वडा नं. १ को वडा अध्यक्षका रुपमा राजनीति समेत गर्नु भएका खत्रीले सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान गर्नु भएको छ । २०४२ सालमा श्रीमती हरिकला खत्री, छोरीहरु गंगा केसी र मन कुमारी केसी सहित बागलुङ बजारमा बसाई सर्नु भएको थियो । स्वर्गीय खत्रीको श्रीमती हरिकला खत्रीको २०७७ मंसिर १७ गते निधन भएको थियो । स्वर्गीय खत्रीको अन्त्येष्टीका लागि बिहीवार बिहान ११ बजे निवासबाट सवयात्रा हुने परिवारले जनाएका छन् ।

स्वर्गीय खत्रीकी कान्छी छोरी मन कुमारी केसी जिसी राजनीतिसंगै शिक्षा, सामाजिक सेवा लगायतका क्षेत्रमा क्रियाशिल रहनु भएको छ । जेठी छोरी गंगा केसी व्यवसायी हुनुहुन्छ । आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष रहनु भएकी केसी नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडको अध्यक्ष हुनुहुन्छ ।

  • २०८२ फाल्गुन ५, मंगलवार