• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

महिलाहरु आत्मनिर्भरका लागि व्यावसायिक हुनुपर्ने आवश्यकताः उप-प्रमुख खड्का

  • २०८२ फाल्गुन २९, शुक्रबार

 

बागलुङ । बागलुङ नगरपालिकाका सम्पूर्ण महिलाहरु आर्थिक बिकास, उत्पादन, स्वरोजगार र ब्यवसायिक सिप तथा तालिमका कार्यक्रमहरुमा जोडिनु पर्ने भन्दै महिला सशक्तिकरण र नेतृत्व तहको उच्च तहमा महिला पुग्न जरुरी रहेको नगर उप प्रमुख राजु खड्काले बताउनु भएको छ ।

नगरपालिकाले हेफर इन्टरनेशलसंगको सहकार्यमा संचालन गरेको आत्मनिर्भर बागलुङ कार्यक्रममा सहभागि बानपा-१२,१३ र १४ का महिला समूहहरुले संचालन गरिरहेका कार्यक्रमहरुको अवलोकन गर्दै उप प्रमुख खड्काले आजको दिनमा पनि महिलाहरुले धेरै खालका समस्याहरुसंग जुदिरहदा शिक्षा,स्वास्थ्य र बिभिन्न अवसरहरुबाट समेत टाढा रहनु परेको बताउनु भयो।

अब महिलाले गर्ने आयमुलक कार्यक्रम निर्वाहमुखि हैनकी ब्यवसायिक र पर्याप्त आम्दानी हुने खालको हुन जरुरी रहेको बताउदै उप प्रमुख खड्काले समूहमा आवद्ध किसानहरुको बर्गिकरण गरि ब्यवसायिक किसानलाइ अनुदानको बिशेष प्याकेज बनाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो।

महिलाहरुलाई ब्यवसाय र निजि घर परिवारको हिसाब किताव राख्न आग्रह गर्दै खड्काले उत्पादनको बजारिकरण गर्ने प्रभाबकाी र ठोस योजना बनाउन आग्रह गर्नु भयो।

सो अवसरमा बानपा १२ का वडा सदस्य ढुणडीराज शर्मा आत्मनिर्भर कार्यक्रमका प्रोजेक्ट कोअर्डिनेटर सरोज केसी तथा सामाजिक सहजकर्ता पुतली थापाले समूहमा भैरहेका कार्यप्रगति तथा देखिएका समस्याबारे सहजिकरण गर्नु भएको थियो। तरकारी खेति, तालिम, कृषी औजार, बाख्रा खोर ब्यवस्थापन कार्यक्रमबाट बानपा १२,१३ र १४ का १८ समूहले लाभ लिइ रहेका छन । यो कार्यक्रम बागलुङ नगरक्षेत्रमा ३ बर्षदेखि संचालन गरिएको छ।

  • २०८२ फाल्गुन २९, शुक्रबार