• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

क्षयरोग: एक प्रमुख जनस्वास्थ्य समस्या, चुनौती र समाधान

  • २०८२ चैत्र १०, मंगलवार

 

 

लक्ष्मण ढकाल

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।यस वर्ष पनि “हो! हामी क्षयरोग अन्त्य गर्छौ: राष्ट्रिय अभियान, हाम्रो योगदान”( Yes! We can end TB: Led by Country, Powered by Us)भन्ने मुल नाराका साथ यो दिवस मनाउन गइरहेको छौ ।

 

क्षयरोग एउटा सङ्क्रामक सरुवा रोग हो । यो माइकोब्याक्टेरियमट्युबरक्लोसिस(Mycobacterium Tuberculosis)नामक किटाणुको सङ्क्रमणबाट देखा पर्ने गर्दछ । यो रोगको किटणुMycobacterium Tuberculosis २४ मर्च १८८२ मा जर्मन बैज्ञानिक डा रबर्ट कोक (Dr. Robert Koch) ले पत्ता लगाएका हुन साधारण भाषामा यसलाई टिबी लागेको भनेर चिनिने गरिन्छ । मुख्य रुपमा फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिकाग्रन्थी, मस्तिष्क, र छालालगाएतकासरिरका विभिन्न भागमा समेत यसलेसंक्रमण गर्दछ । क्षयरोगलाइ सन् १९९३ मा बिश्व स्वास्थ्य संगठनले संसारकै प्रमुख जन स्वास्थ्य समस्याका रुपमा घोषणा गर्दै क्षयरोग नियण्त्रण गर्नका लागि नयँरणनितिअबलम्वन गर्ने कुरामा जोड दिएको छ र प्रत्येक बर्षबिश्वस्वस्थ्यसंगठनको आह्वानमा मार्च २४ गते बिश्व क्षयरोग दिबसमनाईने गर्छ ।

 

विश्व स्वास्थ्य संगठनकोप्रतिबेदन अनुसार सन २०२४ मा विश्यभरिमाकरिव१ करोड ७ लाख मानिसमा टिविको लक्षण देखिएको थियो भने १० लाखा २३ हजार मानिसको टिविकै कारण मृत्यू हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष झन्डै १०.७ मिलिनयन मानिसलाई टिविकोसंक्रमण हुने र त्यसको झणंडै एक तिहाई मानिस (करिव ३६ लाख ८० हजार) नेपालसमेत रहेको दक्षिण पुर्वियसियामा हुने गरेको प्रतिबेदनसार्वजिनक गरेको छ ।

 

क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०२० को प्रतिबेदनलाई आधार मान्दा नेपालमा प्रतिवर्षझण्डै ६९ हजार मानिसमा क्षयरोगको संक्रमण हुने गरेको छ भने झण्डै १७ हजार जना मानिसले क्षयरोगकै कारण ज्यान जाने गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ३८७८८ जना मानिसमा क्षयरोगको संक्रमण पुष्टि भएको छ, जसको झण्डै ७० प्रतिशत विरामि सर्ने क्षयरोग (फोक्सोको) का विरामि रहेका छन। त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको छ । अझै पनि झण्डै४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन भने ओषधी प्रतिरोधी क्षयरोगका विरामिकोसंख्यापनि बढ्दै गइरहेको छ। यसका साथै क्षयरोग निर्मूल गर्न पर्याप्त स्रोतको अभाव रहेको र समन्यको अभाव रहेको कुरा राष्ट्रिय क्षयरोग केन्द्रले जनाउदै आएको छ। योसले के देखाउदछ भने क्षयरोग कार्यक्रम सफल बानाउने तवरले गरिएका कृयाकलापहरुभने प्रभावकारी हुन सकेका छैनन ।

 

नेपालमा क्षयरोग कार्यक्रमको मुख्य चुनौति

1.ढिलोपहिचानरनिदान(Delayed Diagnosis): धेरैबिरामीहरूसमयमैस्वास्थ्यसंस्थामानपुग्ने, वाप्रारम्भिकलक्षणहरूलाईबेवास्तागर्नेप्रवृत्तिदेखिन्छ।यसलेरोगसर्नेजोखिमबढाउँछ।

२. लुकेका(Missing) बिरामीहरू: अझै पनि केहीबिरामीहरूस्वास्थ्यप्रणालीकोपहुँचबाहिरछन । विशेषगरीदुर्गमक्षेत्र, सहरी गरिव समुदाय, कारागररसीमावर्तीक्षेत्रमा यो समुहमापर्दछन।

  1. बहु-औषधिप्रतिरोधीक्षयरोग (MDR-TB): बहु-औषधिप्रतिरोधी(Multidrug-resistant tuberculosis)विरामिकोसंख्याबढ्दैजानुगम्भीरचुनौतीहो।यसकोउपचारलामो, महँगोरजटिलहुन्छ।
  2. उपचारपालना (Treatment Adherence) समस्या: लामोसमयसम्मऔषधिसेवनगर्नुपर्नेभएकालेबिरामीहरूलेबीचमैउपचारछोड्ने(default) समस्यादेखिन्छ, जसलेपुनःसंक्रमणर औषधीप्रतिरोधीक्षयरोगको सम्भावानबढाउँछ।
  3. स्वास्थ्यसेवापहुँचमाअसमानता : दुर्गमभौगोलिकक्षेत्र, कमजोरसडकअवस्था, रस्वास्थ्यसंस्थाटाढाहुनुकाकारणधेरैमानिसहरूसेवाबाटवञ्चितछन्विशेषगरीपहाडीरहिमालीभेगमा यस्तो समस्या बढि छ ।
  4. मानवसंसाधनरपूर्वाधारकोकमी :स्वास्थ्यकर्मीकोअभाव, प्रयोगशालासुविधासीमितहुनु, तथाआवश्यकउपकरणहरूकोकमीलेगुणस्तरीयसेवादिनकठिनभएको छ।
  5. सामाजिकविभेदकलंक(Stigma) : यस रोगलाईअझैपनिसमाजमानकारात्मकरूपमाहेरिन्छ, जसलेगर्दाबिरामीहरूलेरोगलुकाउनेवाउपचारलिनढिलागर्नेगर्छन्।
  6. सह-रोगहरू(Co-morbidities) : क्षयरोग रएच आई भि एड्स बीचकोसम्बन्धलेउपचारलाईथपजटिलबनाउँछ।साथैमधुमेहजस्तारोगहरूलेपनिक्षयरोग नियन्त्रणमाअसर।

९. निजीक्षेत्रसँगसमन्वयकोअभाव : धेरैबिरामीहरूनिजीस्वास्थ्यसेवामाजान्छन्, तरत्यहाँबाटक्षयरोगको केसरिपोर्टिङरव्यवस्थापनप्रभावकारीहुन सकेको छैन ।

 

समस्या समाधानको उपाय:

सवैभन्दा पहिले क्षयरोगको समस्यालाई तिन तहको सरकारले नै आफ्नो जिम्वेरीकोरपमा हेर्नुपर्ने हुन्छ । विरामि लक्षित उपचार सेवा प्रदान गर्नु अति आवाश्यक रहेको छ । क्षयरोग परिक्षणमा पनि समयअनुकुल परिवर्तन गर्नु अतिआवश्यक रहेको छ हामि पुरानै विधिबाट खकारापरिक्षण मात्रै भनेर बस्ने भने विरामि पत्ता लाग्ने दर अझै कमजोर हुदै जान्छ । सरकारले सवैसंकास्पदविरामिको लागि जिन एक्सपर्ट विधिबाट परिक्षण गर्ने ब्यबस्था गर्नु नितान्तआवाश्यक रहेको छ । र यसको विस्तार जोखिम समुहमा पनि गर्नु निकै अपरिहार्य छ । यसका साथै उपचार प्रणालिमा पनि ब्यापकसुधारगर्नुपर्ने छ हामिले भनेको जस्तै गरी डट्स विधि साचिकै प्रयोग भएको छ कि छैन त्यो विचार गर्नुपर्ने छ । हाम्रो जस्तो भोगोलिकरुपमा कठिन भुगोल भएको देसमा के डट्स सेवा स्वास्थ्य संस्थाबाटै दिने हो कि अन्य ब्यबस्थापन गर्न सकिन्छ त्यो पनि सोच्नु आवाश्यक छ । डट्सको नाममा पोके डट्स (निस्चित समयको लागि ‍औषधि दियर पठाउने) कार्यक्रम ग्रामिण स्वास्थ्य संस्थामा ब्याप्तरुपमा रहेको छ । निजि स्वास्थ्य संस्थाबाट पनि क्षयरोग उपचारको सेवा विस्तार गर्नका लागि ति संस्थामा कार्यारतस्वास्थ्यकर्मीलाई यसको अभिमुखिकरण गर्ने र नियभितरिपोर्टङकोब्यबस्थापन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको छ ।सामजिकविभेदअन्तयको लागि समुदायस्तरमाजनचेतना सृजना गर्ने कृयकलापसेमतसंचालन गर्नु अति आवश्यक रहेको छ ।

 

क्षयरोग लाग्ने प्रमुख कराणमाइक्रोब्याक्टेरियमट्युबरक्लोसिस नामककिटाणु हो । एड्स भएका,  मद्यपान तथा धूमपान बढी गर्ने व्यक्तिहरु,कुपोषितबच्चाहरुमा, सरसफाइको अवस्था कमजोर भएका समुहकामानिसहरुमाटिबि लाग्ने सक्ने सम्भावना बढि हुन्छ।

यो रोग मुख्यतयास्वास्प्रस्वस्को माध्यमबाट सर्ने गर्दछ, संक्रमितले खोक्दा वा हाच्छिउँ गर्दा खकारमा भएका क्षयरोगका किटणुहरु साना साना थुकका छिटा (Droplet Nuclei) सँगै बाहिर निस्कन्छन ।हावाको माध्यामबाटति यो रोगका किटणुहरु फोक्सोमा प्रबेशगर्दछन् । त्याहाबाटयिकिटाणुहरु फोक्सो आफै वा सरिरको कुनै भागमा सरि क्षयरोग लाग्ने गर्छ । किटाणुप्रवेस गरेको ४ देखि ६ हप्तामा यो रोग देखा पर्दछ । तर किटाणु प्रवेश गरेका सबैमा यो रोग देखिनुपर्छ नै भन्ने होइन यो मानिसको प्रतिरक्षा सक्तिमा भर पर्दछ ।

क्षयरोगलाइसमान्यतयादुईहप्ते खोकी, क्षयरोग पो हो कि भनेर भन्ने गरिन्छ । तीन हप्ता वा त्योभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा  यस रोग लागेको हुन सक्छ ।

यो रोगको पहिचान गर्नको लागि सामान्तयाखकार् परिक्षण गर्नुपर्ने हुन्छ्। यसको निदानका सेवा आठ सय स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यदि खकार परिक्षण गर्दा यो रोगका जिवणु भेटिएमा यो रोग लागेको पुस्टि हुन्छ ।यसको उपचारलाइस्वस्थ्यकर्मिको प्रत्यक्ष निगरानिमा गरिने छोटो समयको उपचार ( डट्स) (Directly Observed Treatment Short Couirse, DOTS) को बिधिद्वुरा गरिन्छ । यो रोग नियमित रुपमाओषधीसेवन् गरेको खण्डमा ६ देखि ८ महिनामा पुर्ण रुपले निको हुन्छयसका साथैयो रोगको उपचार सरकारि स्वास्थ्य सस्थाबाटनिसुल्करपमा गरिन्छ ।रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध प्रयोग गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा नखाएमा रोगको पुनः संक्रमण देखिन सक्नेभएकाले विशेष ध्यान दिनुपर्ने हुन्छ।  क्षयरोगबाट बच्न मुख्यगरि यो रोग हावाको माध्यामले सर्ने भएकोले भिडभाड तथा संकास्पथब्याक्तिको नजिक रहदामास्कको प्रयोग गर्नुनै सबैभन्दा उत्तम् उपाय हो ।

लेखक 

लक्ष्मण ढकाल

जनस्वास्थ्य निरीक्षक बागलुङ नगरपालिका बागलुङ ।

स्नातोकत्तरविधार्थी जनस्वास्थ्य संकाय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल ललितपुर ।

 

  • २०८२ चैत्र १०, मंगलवार