• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

चौथो जेसीज कप फुटबल प्रतियोगिता सुरु

बागलुङ । बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता शुरु भएको छ । सोमवारदेखि बागलुङको बाङ्गेचौर खेल मैदानमासुरु भएको चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय ‘जेसिज कप’ फुटबल प्रतियोगिताको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेल क्षेत्रको विकास खेलाडीको प्रतिभा उजागर गर्नका लागि सबैको दायित्व भएको बताउनुभयो । उहाँले राज्यलेपनि खेल क्षेत्रको विकास र प्रवद्र्धनकालागि लगानी बृद्धि गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

उद्घाटन कार्यक्रम बागलुङ जेसीज बर्ष २०२६ का अध्यक्ष अञ्जिला श्रेष्ठको अध्यक्षता एव् स्वागत र कार्यकारिणी उपाध्यक्ष एवँ प्रतियोगिताका संयोजक सुभम् राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । १४ टोलीको सहभागीता रहेको प्रतियोगिता चैत २८ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको पहिलो खेलमा कालीजंग गण घोडाबाँधेले हाइकर्स युनाइटेडलाई १ का बिरुद्ध बिरुद्ध ४ गोल गर्दै दोस्रो चरणका प्रवेश गरेको छ । कालीजंगका लागि दिपेन दियालीले ४ गोल गर्नु भएको थियो भने हाइकर्सका लागि रोहन जिसीले सान्तवना १ गोल गर्नु भएको थियो ।

प्रतियोगिताको दोस्रो दिन मङ्गलबार बागलुङ सुधार केन्द्रविरुद्ध प्रबुद्व युवा क्लब र सेभन–एट फुटसलविरुद्ध आदर्श विद्यामन्दिर –एभिएम) र बागलुङ स्पोर्ट क्ल्व बिरुद्ध बागलुङ कालिका वाइसीका बीचमा खेल हुने राजभण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा गण्डकी प्रहरी कास्की, पर्वतको पैयु फुटबल क्लब, बागलुङ युनिटी क्लब, बागलुङ स्पोर्टस् क्लब, होली चाइल्ड स्कल, बागलुङ कालिका युवा क्लब र जोय स्टोर्स गहते फुटबल क्लबले सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले रु २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई रु १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई रु १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने भएको छ ।