• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

पर्वत मोदीकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया रितिका जैसी चैत २९ गतेदेखि बेपत्ता भएकी छन् ।

उनि जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट घर फर्कने क्रममा बेपत्ता भएकी हुन् ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट चैत २९ गते मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेकी उनि पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको छ । त्यसपछिको अवस्था अज्ञात छ ।

उनलाई देखेभेटेमा वा शंकास्पद व्यक्तिबारे थाहा पाएमा नजिकैको प्रहरीमा खबर गरेर खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।