• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङका १३ विद्यार्थीले एसईईमा ल्याए ४ जीपीए

  • २०८३ बैशाख ३१, बिहीबार

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा बागलुङका १३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख प्रकाश बन्धु अर्यालका अनुसार उत्कृष्ट नतिजा ल्याउनेमा एक सामुदायिक विद्यालय र छ नीजि विद्यालय रहेका छन् ।
४ जीपीए प्राप्त गर्नेमा सामुदायिक विद्यालय तर्फ बागलुङ नगरपालिका–१३ स्थित पैयुपाटा स्थित त्रिभुवन माध्यामिक विद्यालयका सामिप पौडेल रहनुभएको छ ।

यस्तै बागलुङको निजी विद्यालय सिद्धार्थ शिक्षा सदनले जिल्लामै सबैभन्दा बढी विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउनेमा आशिका खड्का, गीत थापा मगर, सक्षम शर्मा र सिम्रन सुवेदी रहेका छन् ।

यस्तै चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका आयुष गिरी, अंकित शर्मा र पल्पसा आचार्यले ४ जीपीए ल्याएका छन् । यस्तै गरिमा आवासीय माविका ऋतु आचार्यले ४ जीपीए ल्याएका छन् । जनता आवासीय मावि बुर्तिबाङका समशेर घतान र उदय पौडेल, अमर आदर्श आवासीय माविका आशिष खत्री रहेका छन् ।

न्यु मोर्डन एकेडेमी बुर्तिबाङका रितिजा भुषालले समेत ४ जीपीए प्राप्त गरेका छन् । त्यसैगरी गणेश मावि नारायणस्थानकी सदिष्या सुनारले ३.९६ जीपीए प्राप्त गरी सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

 

  • २०८३ बैशाख ३१, बिहीबार