• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक ( पूर्ण पाठ)

  • २०८३ जेष्ठ १५, शुक्रबार

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ । पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको छ ।
खर्च
जम्मा खर्चः २१ खर्ब २४ अर्ब
चालु वर्षमा १९ खर्ब ६४ अर्बको विनियोजन गरिएको थियो । अहिलेसमम्म १२ खर्ब ५२ अर्ब मात्रै खर्च भएको छ ।
चालु खर्चः
चालु वर्षको लागि यस्तो खर्च १२ खर्ब ७० अर्ब विनियोजन गरिएको थियो
पुँजीगत खर्चः
चालु वर्षको लागि ४ खर्ब ३१ अर्ब विनियोजन गरिएको थियो ।
वित्तीय व्यवस्थापन खर्चः
चालु वर्षको लागि ४ खर्ब २२ अर्ब विनियोजन गरिएको थियो ।
स्रोत
राजस्वः खर्ब १४ खर्ब ५ अर्ब बाँडफाँटपछिको चालु वर्षमा १३ खर्ब १५ अर्ब अनुमान गरिएको थियो। अहिलेसम्म बाँडफाँटपछिको राजस्व नौँ खर्ब पनि संकलन भएको छैन ।
वैदेशिक अनुदान : ६१ अर्ब
चालु वर्षमा ५३ अर्ब ४५ करोड लक्ष्य राखिएको थियो। अहिलेसम्म २० अर्ब ७७ करोड मात्रै अनुदान प्राप्त भएको छ ।
वैदेशिक ऋणः २ खर्ब ४७ अर्ब
चालु वर्षमा २ खर्ब ३३ अर्बको लक्ष्य राखिएकोमा अहिलेसम्म ६६ अर्ब मात्रै यस्तो ऋण प्राप्त भएको छ ।
आन्तरिक ऋणः ४ खर्ब १० अर्ब
चालु वर्षमा आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएको थियो। अहिलेसम्म २ खर्ब ९८ अर्ब उठाइएको छ ।

पूर्ण पाठ

budget-speech-2083_nz9wmgt-1 (1)

  • २०८३ जेष्ठ १५, शुक्रबार