परिचय नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो।यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो।यस जिल्लामा रहेका विभिन्न स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका एक हो। यहाँ धेरै प्रकारका स्थानीय उत्पादनहरू पाइन्छन्, जस्तै बाँसका सामग्री डोका,मुडा,टोकरी, सिस्नो पाउडर, अमला,लप्सीको अचार आदि। यी वस्तुहरू प्राकृतिक, स्वास्थ्यका लागि लाभदायक र हाम्रो संस्कृति झल्काउने खालका हुन्छन्।स्थानिय स्तरका कच्चापदार्थहरुको प्रयोग गरेर यस्ता उत्पादनहरू गाउँका मानिसलाई रोजगारी दिने र आम्दानी बढाउने राम्रो अवसर दिन सक्छन्। तर, यी उत्पादनहरू राम्रोसँग बजारसम्म पुग्न नसक्दा अपेक्षित फाइदा लिन सकिएको छैन। त्यसैले यसको बजारीकरणमा देखिएका समस्या र समाधानबारे बुझ्नु आवश्यक छ।
मुख्य समस्याहरू
१.बजारसम्म पहुँच नहुनु स् पैयुँ गाउँपालिकामा उत्पादन भएका सामानहरू सहर वा ठूला बजारसम्म लैजान धेरै कठिन हुन्छ। यसको मुख्य कारण भनेको राम्रो यातायात सुविधा नहुनु, सडकको अवस्था कमजोर हुनु। उनीहरू नजिकको बजारमै सीमित हुन्छन्, जहाँ ग्राहक कम हुन्छन् र मूल्य पनि कम पाइन्छ। टाढाको बजारसम्म सामान पुर्याउन खर्च धेरै लाग्छ।यसका साथै, बजारसँग सिधा सम्पर्क नहुँदा बेचनिले गाउँमै आएर सस्तो मूल्यमा सामान किन्छ र सहरमा महँगोमा बेच्दछ। यसले गर्दा वास्तविक फाइदा उत्पादकले भन्दा बेचनिले लिन्छ।यिसरी बजारसम्म पहुँचको अभावले स्थानीय उत्पादकको आम्दानी घट्ने समस्या सिर्जना गरेको छ।
२ राम्रो प्याकेजिङ र ब्रान्डिङ नहुनुस् पैयुँ गाउँपालिका मा उत्पादन हुने स्थानीय वस्तुहरू गुणस्तरीय हुँदाहुँदै पनि राम्रो प्याकेजिङ र ब्रान्डिङको अभावका कारण बजारमा पहिचान बनाउन सकिरहेका छैनन्।यी उत्पादनहरू प्रायः साधारण वा खुला रूपमा बेचिने भएकाले ग्राहकहरू आकर्षित हुँदैनन्। साथै, लेबल, म्याद ९भहउष्चथ मबतभ०, उत्पादन स्थान, र गुणस्तरको जानकारी
नहुँदा उपभोक्ताको विश्वास पनि कम हुन्छ।यस कारणले पैयुँ गाउँपालिकाका उत्पादकहरूले आफ्ना वस्तुहरू उचित मूल्यमा बेच्न कठिनाइ भोगिरहेका छन् र बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनन्।
३ कृषिमा चुनौतीस् बाँदर आतङ्क र निराशा स् अहिले पैयुँका किसानहरूले भोगिरहेको सबैभन्दा पीडादायी समस्या बाँदर आतङ्क हो। वर्षभरि मेहनत गरेर उब्जाएको बाली बाँदरले एकै क्षणमा सखाप पारिदिँदा किसानको उत्साह मर्ने गरेको छ।
उत्पादनमा असरस् बाँदरले फलफूल, मकै र तरकारी खेतीमा गर्ने क्षतिका कारण उत्पादन घटेको छ।
बजारीकरणमा असरस् उत्पादन नै अनिश्चित भएपछि बजारसँग माग र आपूर्तिको सम्झौता गर्न किसान डराउँछन्।
यही कारणले गर्दा आजका युवा र किसानहरू कृषि कर्मप्रति पूर्णतः निरुत्साहित भएका छन्। ूखेतबारी बाँझो राख्नु तर बाँदरलाई नपाल्नुू भन्ने सोचका कारण गाउँमा खेतीयोग्य जमिन झाडीमा परिणत हुँदैछन्।
४ प्रविधिको प्रयोग नहुनुस् पैयुँ गाउँपालिका का धेरै स्थानीय उत्पादकहरूले आधुनिक प्रविधिको पर्याप्त प्रयोग गर्न सकेका छैनन्।त्यसैले पैयुँका धेरै उत्पादकहरू अझै पनि फेसबुक वा टिकटक जस्ता माध्यमबाट आफ्नो सामानको प्रचार गर्न नसकेका कारण आधुनिक बजारसँग जोडिने सीप र प्रविधिको ज्ञान नहुँदा हाम्रा सामग्रीहरू प्रयोग नहुनु पनि बजारीकरणमा ठूलो समस्या बनेको छ।
५ जिवन उपयोगी सीपको कमी स् पैयुँ गाउँपालिकामा धेरै स्थानीय उत्पादकहरूमा बजार सम्बन्धी आवश्यक जानकारी र सीपको कमी देखिन्छ। उनीहरूलाई उत्पादन कसरी राम्रोसँग बजारमा लैजाने, उचित मूल्य कसरी निर्धारण गर्ने, र ग्राहकसम्म कसरी पुग्ने भन्ने कुरा राम्रोसँग थाहा हुँदैन र वस्तुहरू राम्रो भए पनि तिनीहरूको प्रचार–प्रसार गर्ने, प्याकेजिङ सुधार गर्ने, वा नयाँ तरिकाले बिक्री गर्ने सीप अभाव हुन्छ।यस कारणले उत्पादनको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा राम्रो मूल्य पाउन कठिन हुन्छ र उत्पादकहरू आर्थिक रूपमा पछि पर्न सक्छन्।
समाधानका उपायहरू
सिधै बजारसँग सम्बन्धस् बिचौलिया हटाउन स्थानीय सरकारले सिधै सहरका होटल र पसलहरूसँग उत्पादकको सम्पर्क गराइदिनुपर्छ। प्रदर्शनी र व्यापार मेलाहरूले यसमा उत्पादकहरूलाई अनलाइन माध्यम प्रयोग गरेर सिधै ग्राहकसम्म पुग्न प्रोत्साहन गर्नुपर्छ।यसरी सिधै बजारसँग जोड्दा उत्पादकहरूको आम्दानी बढ्छ र स्थानीय उत्पादनको विकास हुन्छ।
आधुनिक ब्रान्डिङ र प्याकेजिङ गर्ने स् उत्पादनलाई सफा, आकर्षक र लेबलसहित प्याक गरेर बेचियो भने ग्राहकहरू सजिलै आकर्षित हुन्छन्। लेबलमा उत्पादनको नाम, बनाउने मिति, म्याद, र स्थान उल्लेख गर्दा ग्राहकको विश्वास पनि बढ्छ।त्यस्तै, एउटै नाम दचबलम बनाएर बजारमा ल्याउँदा पैयुँ गाउँपालिकाका उत्पादनहरूको पहिचान पनि बढ्छ।
सरकारी प्रोत्साहन र संरक्षणस् सरकारले केवल तालिम र अनुदान दिएर पुग्दैन, बाँदर नियन्त्रणका लागि ठोस नीति र कृषि बिमाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। किसानलाई कृषि पेसामा टिकाइराख्न सहुलियत ऋण र बजारीकरणको ग्यारेन्टी अनिवार्य छ।
डिजिटल बजारीकरणस् युवाहरूलाई तालिम दिएर सामाजिक सञ्जालमार्फत स्थानीय उत्पादनको विज्ञापन र अनलाइन अर्डर लिने व्यवस्था मिलाउनुपर्छ।
सहकार्य र सामूहिक खेतीस् एक्लाएक्लै काम गर्नुभन्दा सहकार्य मार्फत काम गर्दा लागत घट्छ र ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ। बाँदर नियन्त्रणका लागि पनि सामूहिक रूपमा पहल गर्न सजिलो हुन्छ।
स्थानीय सहयोग बढाउनेस् पैयुँ गाउँपालिकामा स्थानीय उत्पादनको विकासका लागि स्थानीय तहको सहयोग बढाउनु अत्यन्त आवश्यक छ।उत्पादकहरूले पर्याप्त तालिम, ऋण, र बजारको सुविधा पाउन सकेका छैनन्।यदि स्थानीय सरकारले उत्पादनहरूलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम ल्यायो भने उत्पादकहरूलाई ठूलो सहयोग पुग्छ। जस्तै—सीप विकास तालिम, सहुलियत ऋण, अनुदान, र बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
निष्कर्ष
पैयुँ गाउँपालिका मा उत्पादन हुने स्थानीय वस्तुहरू आर्थिक विकासका महत्वपूर्ण आधार हुन्। तर बजारसम्म पहुँच नहुनु, बिचौलियाको प्रभाव, प्याकेजिङ र ब्रान्डिङको कमी, सीपको अभाव, प्रविधिको प्रयोग कम हुनु, सहकार्यको कमी र बाँदर आतङ्क जस्ता समस्याका कारण यी उत्पादनहरूले उचित मूल्य पाउन सकेका छैनन्।
यस्ता समस्याहरू समाधान गर्न उत्पादकहरूलाई सिधै बजारसँग जोड्ने, समूह गठन गर्ने, राम्रो ब्रान्डिङ गर्ने, तालिम दिने, अनलाइन माध्यम प्रयोग गर्ने, तथा स्थानीय सहयोग बढाउने जस्ता उपायहरू अपनाउन आवश्यक छ।यदि यी उपायहरू प्रभावकारी रूपमा लागू गरियो भने पैयुँ गाउँपालिकाका स्थानीय उत्पादनहरूले राम्रो बजार पाउनेछन्, उत्पादकहरूको आम्दानी बढ्नेछ, र गाउँको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक परिवर्तन आउनेछ।