बागलुङ । अत्याधिक रक्तस्राव भएपछि बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाबाट एक सुत्केरीको हवाई उद्दार गरिएको छ ।
निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया सुत्केरी मीना सुनारको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो ।
सुनारले मंगलबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो ।
सुत्केरी भएपछि सुरुमा स्वास्थ्य अवस्था सामान्य भएपनि शरीरभित्र अत्यधिक रक्तस्राव भई रगत जमेपछि काठमाण्डौ रिफर गरिएको हो । सुत्केरीको अवस्था थप जटिल बन्दै जान थालेपछि आज बुधबार थप उपचारका बुर्तिबाङ अस्पताल ल्याइए अस्पतालले उपाचार गर्न नसकेपछि काठमाण्डौ पठाइएको हो ।
बिरामीको अवस्था निकै जटिल भएकाले तत्काल विशेषज्ञ उपचार आवश्यक परेकाले दिउँसो हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोखरेलले जानकारी दिनुभयो ।