• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

संस्थाका अध्यक्ष र प्रधानसम्पादकलाई मातृशोक

  • २०८३ श्रावण २०, बुधबार

बागलुङ । सहकारी क्षेत्रका अगुवाद्वय हुमाकुमारी जिसी (अन्जु) र राम बहादुर जिसीलाई मातृशोक परेको छ ।

सहकारीमार्फत सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याउदै आउनुभएको जिसी दम्पती परिवार मातृशोकमा डुबेको हो ।

आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहनुभएका हुमा कुमारी जिसी (अन्जु) को ममतामयी सासुआमा तथा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा आदर्श सञ्चार सहकारीद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका प्रधान–सम्पादक राम बहादुर जिसीको ममतामयी माता नन्द कुमारी घर्ति क्षेत्रीको बुधबार २० गते काठेखोला गाउँपालिका–७ रेश कमेरेखोल्सा स्थित आफ्नै निवासमा निधन भएको छ ।

२००० साल फागुन १५ गते धम्जा माझकटेरामा जन्मनुभएको स्वर्गीय माता नन्द कुमारी घर्ति क्षत्रीको ८३ वर्षको उमेरमा निधन भएको हो । क्षत्री रेश स्थित रन बहादुर जिसीसंग बैबाहिक जिवनमा बाँधिनुभएको थियो ।

माता नन्द कुमारी घर्ति क्षत्रीको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई हप्ता पोखरास्थित गण्डकी मेडिकल कलेजमा सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
उपचारपछि सामान्य अवस्थामा घर ल्याइएकोमा बुधबार बिहान नौ बजे निधन भएको परिवार स्रोतले जनाएको थियो । स्व क्षेत्री बागलुङका सक्रिय पत्रकार रोहन जिसीको हजुरआमा समेत हुनुहुन्छ ।

 

  • २०८३ श्रावण २०, बुधबार