बागलुङ । पोखरा र बागलुङबाट एकसाथ प्रकाशित हुने ढोरपाटन दैनिकको २४ औँ बार्षिकोत्वसको अवसरमा सोमबार ६ पत्रकार पुरस्कृत भएका छन् ।
ढोरपाटन दैनिकी पुर्व अध्यक्ष कृष्णमैया अधिकारीले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार’ बाट ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।
उक्त पुरस्कारबाट २०७६ सालको पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष समेत रहेका मुकेशचन्द्र राजभण्डारी,२०७७ सालको पुरस्कार पत्रकार किरण आचार्य, २०७८ सालको पत्रकार कोपिला कँडेल, २०७९ सालको पत्रकार उषा पौडेल, २०८० सालको रञ्जिता शर्मालाई र २०८१ सालको पुरस्कार धौलागिरी जागरण दैनिकको सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तलाई प्रदान गरिएको हो । यस्तै पत्रिकाले आफ्नो उत्कृष्ट सम्बादाताको रुपमा पत्रकार अनिष पाठकलाई सम्मान गरेको छ । पुरस्कारका संस्थापकको तर्फबाट समाजसेवी सहदेव राजभण्डारी, प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वधार तथा यातायात मन्त्री गोबिन्द बहादुर नेपाली, विशिष्ट अतिथि बागलुङ नगरपालिका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रधान सम्पादक हरिनारायण गौतमले सम्मानित हुनेलाई सम्मान र पुरस्कार गर्नुभएको हो ।
पुरस्कृत पत्रकार र कोषको बारेमा पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण बोहराले जानकारी गराएका थिए ।