• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङको जंगलमा फेला परे भरुवा बन्दुक

  • २०८३ भाद्र २६, शुक्रबार

बागलुङ । जंगलमा बेवारिसे अवस्थामा रहेको तीन थान भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–५ दाग स्थित थानापती सामुदायिक वनको बाँसघारीमा लुकाइएको भरुवा बन्दुक आज फेला पारेको हो ।

बेवारिसे अवस्थामा एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।

  • २०८३ भाद्र २६, शुक्रबार