• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

मतदाताको माग बुझ्न बागलुङ क्षेत्र नम्बर २ मा घरदैलो गर्दै काँग्रेस

बागलुङ । नेपाली काँग्रेसले बागलुङ क्षेत्र नम्वर २ का उम्मेदवार टेकराज पौडेललाई विजयी बनाउन बुर्तिवाङमा भेला गरेको छ । क्षेत्र नम्बर २ का ४८ वडाका अगुवा कार्यकर्ताको उपस्थितीमा भेला गरिएको हो ।

भेलामा बोल्दै बागलुङ क्षेत्र नम्वर २ का प्रत्यक्ष उम्मेदवा टेकराज पौडेलले जनताका समस्या, अभाव र चुनौति आफुले बुझेको र आफुलाई समेत यस क्षेत्रका जनताले बुझेको भन्दै सोही अनुसार नतिजा निस्कने बताउनु भएको थियो ।

भेलामा नेपाली कांग्रेस जिल्ला सभापति जित शेरचनले नेपाली कांग्रेस एक ढिक्का भएको बताउँदै अरु उम्मेदवार भन्दा आफ्नो उम्मेदवार सक्षम हुनुका साथै यसै क्षेत्रको भएकाले मतदान गरी विजयी गराउने गरि कार्यकर्ता परिचालन हुनुपर्नेमा जोड दिनु भएको थियो ।

भेलामा नेपाली कांग्रेस प्रदेश सांसद दोर्ण कु्ँवरले मन्तव्य व्यक्त गर्नु भएको थियो । भेलाले क्षेत्र नम्बर २ का सम्पूर्ण वडामा घरदैलो कार्यक्रम र मतदाता शिक्षा संचालन गर्ने र निर्वाचन कार्यालयलाई व्यवस्थित गर्ने निणर्य गरेको छ । भेला नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति जोकलाल बुढाको अध्यक्षता र सचिव धर्म घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।