बागलुङ क्षेत्र नम्बर दुईमा मत गणना शुरु भएको । १०: ३० बाट शुरु भएको मतगण्नाको प्रारम्भिक नतिजा अनुसार रास्वपाका शोम शर्माले शुरुवाती अग्रता लिनुभएको छ ।
बागलुङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी सोम शर्माले ४१६ मत ल्याएका छन् भने कांग्रेसका टेकराज पौडेलले २७७ मत, नेकपाबाट ज्ञामनाथ गैरे अनिलले १३६ मत र नेकपा एमालेकी मञ्जु शर्माले ४९ मत ल्याउनुभएको छ ।
४९ मतदान स्थलको छुट्टाछुट्टै मतपरिणम आउनेगरी गणना भइरहेको र दुई ठाउँमा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।
बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङको कुथाप्लोमा मतगणना भइरहेको छ ।
दुई नम्बर क्षेत्रमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपाबाट ज्ञामनाथ गैरे अनिल, नेकपा एमालेकी मञ्जु शर्मा, रास्वपाका सोम शर्मा, राप्रपाका अञ्चल शाही उम्मेदवार छन् ।