• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

निसीखोलामा एक महिलाको शव भेटियो

बागलुङ । जिल्लाको निसीखोलामा एक महिलाको शव फेला परेको छ । मंगलवार बिहान निसीखोला गाउँपालिका वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजविद्युतको विद्युतगृहबाट ओभरफुलको नालीमा शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्मर बहादुर बोहोराले जानकारी दिनुभयो ।

घटना स्थलमा प्रहरी पुग्दै गरेको कारण घटनाको थप विवरण आउन बाकीँ रहेको र मृतकको पहिँचान खुल्न बाकीँ रहेको प्रहरीको भनाई छ ।