• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

  • २०८३ बैशाख ३, बिहीबार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार राती बडिगाड गाउँपालिका–५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते परियारको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका परियारको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचारको लागि पठाइएकोमा थप उपचारको लागि पोखरा रिफर गरिएकोमा चिकित्सकले आज बिहान मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी बसन्तजंग पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते हुनुभएका ३२ वर्षीय कृष्ण विकको गलकोट नगर अस्पतालमा उपचार भइरहेको घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । बडिगाड–५ मा बालुवामा मजदुरी गर्ने उहाँहरु खौलार बजारबाट बालुवातर्फ जाँदै गर्दा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक नालीमा खेसेर दुर्घटनामा परेको थियो ।

  • २०८३ बैशाख ३, बिहीबार