बागलुङ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रदेश खारेज गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिनु भएको छ ।
बाँस्कोटाले आज बिहान सामाजिक सञ्जालमार्फत संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्र राख्न सुझाव दिनु भएको हो ।
प्रदेश खारेज गर्ने शब्द नै नलेखे पनि उहाँले संविधान संशोधन गर्दा केन्द्र र पालिका मात्र रहोस् भन्दै प्रदेशको आवश्यकता नभएको जनाउनु भएको छ । रास्वपाले पहिला संघीयता नै खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्ने कि नगर्ने रु गर्ने हो भने केन्द्र र पालिका मात्र होस्, बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपालाई सुझाव दिनु भएको छ ।
राष्ट्रिय सभालाई पूर्ण समावेशी बनाउने, १०५ जनाको राष्ट्रिय सभामा महिला र पुरुष ५०÷५० प्रतिशत कायम गर्ने, उपराष्ट्रपतिलाई राष्ट्रियसभाको सभाध्यक्ष बनाउने, प्रतिनिधिसभामा समानुपातिक सिट खारेज गर्नृ र महिलाको सहभागिता ४० प्रतिशत बनाउने प्रस्ताव एमाले नेता बाँस्कोटाले गर्नु भएको छ । उहाँले जिल्ला समन्वय समिति पर्दैन भन्नु भएको छ ।
प्रदेश संरचनाको खासै भूमिका देखिदैन, प्रदेश संरचनाले विकासमा अलमल गराएको छ, त्यसकारण प्रदेश संरचना खारेज गर्नु पर्छ भन्नेमा बास्कोटा जस्तै धेरैको मत छ ।
प्रदेश संरचना भनेको दलका नेता व्यवस्थापन गर्ने मुख्यस्थलका रुपमा देखिदै गएको छ ।
