• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङका प्रहरीलाई सकरात्मक सोचसम्बन्धी प्रशिक्षण

  • २०८३ जेष्ठ ४, सोमबार

बागलुङ । प्रहरीलाई सफलताको लागि सकरात्मक सोच तथा योग प्रशिक्षण दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङ तथा गण्डकी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै “सफलताको लागि सकारात्मक विचार” विषयक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक तनाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रका अन्तर्राष्ट्रिय प्रशिक्षक रमण भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षणका क्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई दैनिक जीवनमा मानसिक सन्तुलन कायम राख्ने उपाय, सकारात्मक सोच विकास गर्ने तरिका तथा ध्यान केन्द्रित गर्ने विधिबारे जानकारी दिइएको थियो ।

यस्ता अभ्यासले कार्यक्षमतामा अभिवृद्धि गर्नुका साथै शारीरिक स्फूर्ति र मानसिक एकाग्रता कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत ज्ञानमूलक मार्गदर्शन प्रदान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले यस्ता कार्यक्रमले प्रहरीको कार्यक्षमता बढाउन सहयोग पुग्ने बताउनुभयो ।

  • २०८३ जेष्ठ ४, सोमबार