बागलुङ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुने बाटो खुल्यो बागलुङ नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा रहेको सदस्यता नविकरण हुने भएको छ । केन्द्रीय सचिवालयको सोमबार भक्तपुरको गुण्डुमा बसेको वैठकले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय गरेको हो ।
भण्डारीले २ वर्ष पहिला नै सदस्यता नविकरण गर्नु भएको थियो तर ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा गत वर्ष साउनमा बसेको केन्द्रीय कमिटि वैठकले सदस्यता नविकरण रोक्ने निर्णय गरेको थियो । त्यसयता भएको विधान महाधिवेशन र ११ औं राष्ट्रिय महाधिवेशनमा भण्डारी सहभागि हुनु भएन ।
फागुन २१ गतेको निर्वाचनमा तेस्रो दलका रुपमा खुम्चिएपछि र पार्टीका देशभरका नेता कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीले राजिनामा दिएर मार्गप्रशस्त गर्न पर्ने दवाव दिदै गएपछि अन्तत विद्यादेवी भण्डारीको सदस्यतालाई निरन्तरता दिइने भएको हो । विद्यादेवी भण्डारीले २०८२ असार १४ गते मदन जयन्तीका दिन पार्टीमा सक्रिय हुने र आवश्यकता अनुसार नेतृत्व समेत लिने बताएपछि ओली क्याम्पले भण्डारीको सदस्यता नविकरणलाई खारेज गरिदिएको थियो । भण्डारी सक्रिय राजनीतिमा आउन हुने र नहुने विषयमा एमाले आम जनता दुइथरी धारणा छन्, एमालेको संस्थापन पक्षले भण्डारी सक्रिय राजनीतिमा आउदा अध्यक्षमा प्रतिस्पर्धा हुने र प्रतिस्पर्धामा ओली पराजित हुने भयका कारण सदस्यता नविकरण रोक्ने निर्णय गरेको थियो ।
चुनावमा पराजित भएपछि र ओलीको शक्ति क्षिण हुदै गएपछि भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय भएको एमालेका एक नेताले बताए । आजको वैठकमा पदाधिकारीहरुको वरियता क्रम निर्धारण, सरकारको कामको समीक्षा, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनलगायतका प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्ताव गर्नुभएको थियो ।
आजको बैठकमा मैत्रीपूर्ण, सौहार्दपूर्ण वातावरणमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । प्रस्तावहरुमाथि छलफलका लागि जेठ ८ गते सचिवालयको वैठक पुन बस्ने जानकारी दिइएको छ ।