बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको ६२औँ वार्षिक साधारण सभाको अवसरमा व्यवसायी तथा आदर्श सञ्चार सहकारीका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ नगद सहित सम्मानित हुनुभएको छ ।
बागलुङ उद्योग वाणिज्यसंघका पूर्वअध्यक्ष श्याम श्रेष्ठद्वारा स्थापना गरिएको ‘तारा मेमोरियल अवार्ड’ बाट व्यवसायी श्रेष्ठ नगद सहित सम्मानित हुनुभएको छ ।
शनिबार आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य तथा महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले श्रेष्ठलाई नगद ११ हजार ३ सय ३३ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।
बानपा–३ देउराली चोकमा किरानापसल गर्ने श्रेष्ठ लामो समयदेख िव्यवसायमा आबद्ध हुनुहुन्छ ।
संघले साधारण सभाकै अवसरमा उद्योगी–व्यवसायी, पत्रकार, विद्यार्थी तथा विभिन्न मन्दिर व्यवस्थापन समितिलाई समेत सम्मान गरेको थियो ।