बागलुङ । बागलुङ जिल्ला सदरमुकामसंग जोडिएको काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सूर्यलाल विश्वकर्मा आउनुभएको छ । गृह मन्त्रालय अन्र्तगत सरुवा भएर आउनुभएका विश्वकर्मालाई सोमबार गाउँपालिकाका अध्यक्ष राजु थापाले पदभार गराउनुभएको छ ।
नौ महिनामा प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलको गृह मन्त्रालय अन्र्तगत सरुवा भएपछि विश्वकर्मा गाउँपालिकामा सरुवा भएर आउनुभएको हो ।
गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले विश्वकर्मालाई स्वागत गरेका थिए । स्वगत गर्दै गाउँपालिका अध्यक्ष थापाले प्रशासनिक संगै गाउँपालिकाको नीति तथा कार्यक्रम अन्र्तगत प्रमुख प्रशासकीय अधिकृतले कुशलता पूर्वक अघि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले गाउँपालिकाका योजना तथा कार्यक्रम कार्यान्वयन, कर्मचारी प्रशासन, आर्थिक व्यवस्थापन, सेवा प्रवाह तथा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर अगाडि प्रतिवद्धता जनाउनुभएको थियो ।