• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङका १२ पशुपन्छी व्यवसाय पुनःस्थापना

  • २०८३ भाद्र ४, बिहीबार

बागलुङ । बागलुङमा प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगबाट क्षति व्यहोरेका १२ पशुपन्छी व्यवसायको पुनःस्थापनाकमा सहयोग गरिएको छ ।
गत आर्थिक वर्षमा बाढी पहिरो, पशुजन्य रोग र महामारीका कारण पूर्वाधार तथा पशुपन्छीमा भएको क्षतिमा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले राहत उपलव्ध गराएको छ ।

पशुपन्छी व्यवसायीलाई गोठ पुनर्निर्माण तथा पशुपन्छी खरिद गरी पुनःस्थापनाका लागि राहत उपलब्ध गराइएको हो । कार्यालयले बाढी पहिरोबाट क्षति पु¥याएको आठवटा पशुका गोठ पुनर्निर्माण, दुईवटा गाई तथा एक गोरु खरिद, १० वटा बाख्रा, पाँचवटा बङ्गुर र १२० वटा कुखुराका चल्ला खरिद गरी पशुपालन किसानलाई पुन व्यवसायमा फर्काउन राहत दिइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

प्राकृतिक प्रकोपका कारण किसानको गोठमा भएको क्षति, पशुमा भएको क्षतिले निराश बनेका किसानलाई व्यवसायमा फर्काउन मलम लगाउने काम भएको सापकोटाको भनाई छ ।

महामारीजन्य तथा प्राकृतिक प्रकोप र विपद्बाट पशुपन्छी व्यवसायमा भएको क्षतिको राहत तथा पुनःस्थापनाका लागि रु. ४ लाख ७४ हजार खर्च गरिएको छ ।
पशुपन्छी व्यवसायमा भएको क्षतिका आधारमा राहत वितरण गरिएको बताउदै सापकोटाले गत आर्थिक वर्षमा राहत दिनका लागि रु. १० लाख विनियोजन गरेपनि क्षतिका आधारमा १२ व्यवसायीलाई क्षतिको विवरण र मुल्याङ्कनको आधारमा राहत दिइएको हो ।

जिल्लाभर गोठमा पहिरो जादा तीनवटा गाई र दुईवटा गोरु मरेको अवस्थामा पशुको मुल्याङ्कनको आभारमा पशु खरिदमा समेत राहत उपलब्ध गराइएको हो । विपद्का कारण पशुपन्छी व्यवसायमा हुने क्षति न्यूनीकरणसँगै प्रभावित व्यवसायीलाई पुनःव्यवसायमा फर्काउन राहत तथा पुनःस्थापनाका कार्यक्रमले किसानको मनोबल उच्च बनाउन सघाएको छ ।

  • २०८३ भाद्र ४, बिहीबार