• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

कांग्रेस जैमिनी नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत

  • २०८३ आश्विन ७, बुधबार

बागलुङ । नेपाली कांग्रेस जैमिनी नगरपालिकाको नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न जैमिनी नगर अधिवेशनले आचार्यलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनबाट नगर सभापतिमा निर्वाचित आचार्यसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको नेपाली कांग्रेसका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

उपसभापतिमा गोबिन्द बहादुर शाही, उपसभापतिमा जमुना कँडेल सापकोटा, सचिवमा ओमकार शर्मा र सह–सचिवमा रन बहादुर क्षत्री चयन हुनुभएको छ ।

  • २०८३ आश्विन ७, बुधबार