• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

नेपाली कांग्रेस गलकोट नगर सभापतिमा भण्डारी विजयी

  • २०८३ आश्विन ९, शुक्रबार

बागलुङ । नेपाली कांग्रेस गलकोट नगर समितिको सभापतिमा हिमबहादुर भण्डारी ‘हेमन्त’ विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत गलकोट नगर समितिको दोस्रो अधिवेशनमा सभापति पदका लागि हिमबहादुर भण्डारी ‘हेमन्त’ र पवन हमालको उम्मेदवारी परेको थियो ।
निर्वाचनमा भण्डारीले १ सय ७१ मत प्राप्त गरी सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डम्मरबहादुर खत्रीले जानकारी दिनुभयो ।

गलकोट नगर समितिको सभापति चयनका लागि कुल २ सय ७९ जना मतदाता रहेकोमा २ सय ६२ मत खसेको थियो । खसेका मतमध्ये ४ मत बदर भएको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो । सभापति बाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो । त्यस्तै उपसभापतीमा चिरञ्जीवि मरासिनी र उमा न्यौपाने, सचिवमा खिम बहादुर केसी, सहसचिवमा दल बहादुर घर्ती चयनु हुनुभएको छ ।

  • २०८३ आश्विन ९, शुक्रबार