• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

मौलिक शब्द र संगीतसहित ‘बुनेको झोला’ सार्वजनिक

बागलुङ । गायक सुरेश सुनार र गायिका दीपिका बयम्बु मगरको स्वरमा रहेको नयाँ गीत ‘बुनेको झोला’ सार्वजनिक भएको छ। मौलिक शब्द, संगीत र नेपाली कला संस्कृतिको झल्को दिने गीतको भिडियो दर्शकमाझ ल्याइएको हो।

गीतमा हरि गिरी बिमर्शीको शब्द तथा एचबीएन किस्मतको संगीत रहेको छ। गीतको भिडियोमा विनोद भण्डारी र चाहना राना मगरले अभिनय गरेका छन्। मौलिकता र सांस्कृतिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोले नेपाली लोकसंगीतप्रेमी दर्शकमाझ आकर्षण थप्ने अपेक्षा गरिएको छ।

मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोको छायांकन, सम्पादन तथा अन्य प्राविधिक पक्षमा अनुभवी कलाकार तथा प्राविधिक टोलीले काम गरेको छ।

गीतको भिडियो सुरेश सुनार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मौलिक सिर्जना र नेपाली सांगीतिक पहिचानलाई प्राथमिकता दिँदै तयार पारिएको ‘बुनेको झोला’ ले दर्शक तथा श्रोताको साथ पाउने निर्माण पक्षको अपेक्षा छ।