• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday

बागलुङमा लग्जरी होटल ‘आँगन’ सञ्चालनमा

  • २०८३ मंसिर ४, बिहीबार

बागलुङ । बागलुङमा भित्रिने पर्यटकहरुलाई लक्षित गरी बागलुङ बजारमा सुविधा सम्पन्न लग्जरी होटल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ शिवधारा चोकमा रु. १० करोड लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । विदेशी अनुभवदेखि शिक्षामा लगानी गर्दै आएका उद्यमी दुर्गा कुँवरले आफ्नै घर तथा जग्गमा होटल सञ्चालनमा ल्याउनुभएको छ ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले बिहीबार औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उहाँले बागलुङ पर्यटकीय रुपमा निकै संभावना रहेकाले सुविधायुक्त होटल आवश्यक रहेको बताउनुभएको थियो ।

भण्डारीले होटल व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन महासंघले विभिन्न पहल गरिरहेको बताउनुभयो । महासंघले होटल व्यवसायमा डिजिटल मार्केटिङ, अनलाइन बुकिङ, प्रोपर्टी म्यानेजमेन्ट सिस्टम र कृत्रिम बौद्धिकताजस्ता प्रविधिको प्रयोग बढाउन ‘डिजिटल लिटरेसी फर होटल इन्डस्ट्री’ अभियानसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

होटलमा १७ वटा एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र समारोह सञ्चालन गर्न मिल्ने तीनवटा हल रहेका छन् । बागलुङमा पछिल्लो समय धार्मिक पर्यटकहरुको आगमन बढ्दै गएकाले होटलमा लगानी थपिएको हो । पर्यटनको सम्भावना बोकेको बागलुङमा गुणस्तरीय होटल तथा आतिथ्य सेवाको थप आवश्यकता पर्दै गएको भन्दै होटलमा लगानी गरेको दुर्गा कुँवरले बताउनुभयो ।

पछिल्लो समय ढोरपाटन, बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय लगायतले पर्यटक तानिरहेको छ । त्यस्तै मुस्ताङ र म्याग्दीलाई गन्तव्य बनाएका पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्न समेत होटलमा लगाउन थप्न आवश्यक देखिएको छ ।

  • २०८३ मंसिर ४, बिहीबार