• २०८३ मंसिर १३, शनिबार
  • 2026 November 28, Saturday

बागलुङमा पर्यटक बढेपछि होटलमा थपिदै करोडौ लगानी

बागलुङ । बागलुङमा पछिल्लो समय पर्यटन व्यवसाय फष्टाउन थालेपछि व्यवसायि उत्साहित बन्दै लगानी वृद्धि गरिरहेका छन् । पर्यटकीय क्षेत्र चलायमान बन्न थालेपछि बागलुङमा पछिल्लो समय होटल व्यवसायमा करोडौ लागनी थप्दै गएका छन् ।

पर्यटन व्यवसायमा संभावना बढ्दै गएपछि बागलुङ बजारमा एकपछि अर्को होटल सञ्चालनमा आउन थालेको हो । रु. ३० करोड लागतमा बागलुङमा अन्तराष्ट्रिय मापदण्डको होटल ‘इला कम्फर्ट’ सञ्चालनमा ल्याएको एक वर्ष पछि रु. १० करोड लागतमा अर्को होटल ‘आँगन’ थपिएको हो ।

आन्तरिक र बाह्य पर्यटकहरु वृद्धि हुन थालेपछि बागलुङमा होटलमा लगानी थपिदै जान थालेको हो । बागलुङमा बिहीबारबाट रु. १० करोड लगानीमा होटल ‘आँगन’ सञ्चालनमा आएको छ । लग्जरी १७ कोठा सहितको होटलले पर्यटन व्यवसायमा टेवा पु¥याउने विस्वास गरिएको छ ।

बागलुङमा भित्रिने पर्यटकहरुलाई लक्षित गरी बागलुङ बजारमा सुविधा सम्पन्न लग्जरी होटल ‘आँगन’ सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–२ शिवधारा चोकमा रु. १० करोड लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । विदेशी अनुभवदेखि शिक्षामा लगानी गर्दै आएका उद्यमी दुर्गा कुँवरले आफ्नै घर तथा जग्गमा होटल सञ्चालनमा ल्याउनुभएको छ
।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले बिहीबार औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उहाँले बागलुङ पर्यटकीय रुपमा निकै संभावना रहेकाले सुविधायुक्त होटल आवश्यक रहेको बताउनुभएको थियो ।

होटलमा १७ वटा एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र समारोह सञ्चालन गर्न मिल्ने तीनवटा हल रहेका छन् । बागलुङमा पछिल्लो समय धार्मिक पर्यटकहरुको आगमन बढ्दै गएकाले होटलमा लगानी थपिएको हो । पर्यटनको सम्भावना बोकेको बागलुङमा गुणस्तरीय होटल तथा आतिथ्य सेवाको थप आवश्यकता पर्दै गएको भन्दै होटलमा लगानी गरेको दुर्गा कुँवरले बताउनुभयो । पछिल्लो समय ढोरपाटन, बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय लगायतले पर्यटक तानिरहेको छ ।

त्यस्तै मुस्ताङ र म्याग्दीलाई गन्तव्य बनाएका पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्न समेत होटलमा लगाउन थप्न आवश्यक देखिएको छ । होटल आँगन सञ्चालनमा आएसँगै बागलुङको पर्यटन पूर्वाधार र आतिथ्य सेवामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

व्यवसायी चन्द्र प्रसाद ढकालले गृह जिल्लामा ३१ कोठाको लग्जरी डिलक्स कोठा सहितको होटल थपेसंगै अन्य होटल व्यवसायी समेत होट ल्यवसायमा लगानी गर्न तयार भएका छन् । जिल्लामा आउने भिआईपी पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । पर्यटन व्यवसाय फष्टाउदै गएपछि होटल व्यवसायमा धमाधम लगानी थपिदै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बागलुङमा धमाधम ठूला होटल थपिएका हुन् । ढोरपाटन सिकार आरक्ष र लोकमार्गका कारण पछिल्लो समय यहाँको पर्यटन व्यवसाय फष्ठाउदो रहेको छ । बागलुङमा २४ कोठा सहितको होटल शितल, २० कोठा सहितको होटल कालिका मल्टिप्यालेस तथा २७ कोठा सहितको होटल रेड एप्पल समेत सञ्चालनमा छ ।

१० कोठाको होटल रेड एप्पललाई विस्तार गरी उहाँले हालै २७ कोठा पु¥याउनुभएको छ । सुविधा सम्पन्न होटल सञ्चालनमा आएपछि विदेशी पर्यटकलाई सहज भएको छ भने यहाँबाट मुस्ताङहिडेका पर्यटकहरुलाई फाइदा पुग्ने अपेक्षा गरिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजन शाक्यले जानकारी दिनुभयो । पाँच वर्ष यता बागलुङमा होटल दि राजन, सगुन होटल र कालिका मन्दिर गेटमा कालिका मल्टिप्यालेस जस्ता सुविधा सम्पन्न होटल सञ्चालनमा आइसकेका छन् ।