• २०८३ मंसिर ७, आईतवार
  • 2026 November 22, Sunday

हरिबोधनी एकादशी मेला : भलिबलको उपाधि गलकोटलाई

  • २०८३ मंसिर ७, आईतवार

बागलुङ। हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजना गरिएको खुला पालिकास्तरीय पुरुष भलिबलको उपाधि गलकोटले जितेको छ ।

गलकोट नगरपालिकाको नरेठाँटी भलिबल गलकोटले आईतबार भएको फाईनल खेलमा जैमिनी नगरपालिकालाई ३—१ ले हराउँदै उपाधि चुमेको हो । फाइनल खेलको पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै ३—१ को जित निकाल्न सफल भयो । अनुभवी र युवाको समिश्रण रहेको गलकोटको टोलीले उपाधि जित्दै भलिबलमा गलकोटको दबदबा कायमै राख्न सफल भएको छ ।

पहिलो सेट २६—२४ ले जित्न सफल भएको जैमिनी नगरपालिका दोस्रो सेटमा सम्हालिन नसक्दा २५—१९ ले गुमाउन पुग्यो । तेस्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेट पोइन्टमा पुगेको जैमिनी सेट जित्नबाट चुक्यो । २४—२१ को अवस्थाबाट पुरागमन गर्दै गलकोटले तेस्रो सेट पनि २९—२७ ले आफ्नो पक्षमा पार्न सफल भयो । गलकोटले चौथो सेटमा २५—२१ को जित निकाल्दै हरिबोधनी एकादशी मेलामा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्यो ।

गण्डकी प्रदेश भलिबल टोलीका नियमित सदस्य इन्द्र विक, अनुभवी खेलाडीहरु प्रकाश सुनार, कुस्मन थापामगर सहितको गलकोट टोली युवा खेलाडीले भरिएको जैमिनीमाथि भारी प¥यो । जैमिनीका युवा खेलाडी शंकर सुनार, शिव रसाइली, विधान रोका लगायतका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिका लागि पर्याप्त हुन सकेन । भलिबलको उपाधि जितेको नरेठाँटी भलिबल गलकोटले नगद एक लाख ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको जैमिनी नगरपालिकाले नगद एक लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । तेस्रो भएको कुस्मा नगरपालिकाले नगद ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको बागलुङ नगरपालिकाले नगद २५ हजार र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान प्राप्त खेलाडी र टिमलाई ज्येष्ठ नागरिक ९५ वर्षीय कृष्णलाल शाक्य र मेला व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताभर अनुसासित रहँदै उत्कृष्ट खेल प्रदर्शन गरेका नरेठाँटी भलिबल गलकोटका खेलाडी कुस्मन थापा मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरियो । विधागत पुरस्कार तर्फ जैमिनीका विधान रोका उत्कृष्ट स्पाईकर, नरेठाँटी भलिबल गलकोटका पाण्डप पुन उत्कृष्ट सेटर, जैमिनीका शंकर विश्वकर्मा उत्कृष्ट मिडिल ब्लकर, नरेठाँटीका मनिष श्रीसमगर उत्कृष्ट डिफेन्डर, नरेठाँटीका प्रकाश सुनार उत्कृष्ट सर्वर, उत्कृष्ट कोच नरेठाँटी भलिबलका बमबहादुर खत्री र उदयमान खेलाडी जैमिनीका शिव रसाइली घोषित भएको रेफ्री संयोजक किशोर थापाले बताए ।

विद्यागत रुपमा उत्कृष्ट खेलाडी र टिम कोचलाई जनही नगद दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको छ । निरयघाट मानवसेवा धाम विकास समिति बागलुङ र हरिबोधनी एकदशी मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा दिन दिने मेलाको आयोजना गरिए पनि भलिबल प्रतियोगिता नसकिएका कारण चौथो दिन मेला समापन गरिएको छ । विगत २५ वर्षदेखि अवरुद्ध रहेको हरिबोधनी एकादशी मेलालाई यसवर्षबाट औपचारीक रुपमा सुरुवात गरिएको मेला व्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिए ।
‘विगतमा स्वतःस्फुर्त रुपमा मेला लाग्यो, बागलुङ बजार लगायत यस क्षेत्रमा चहल पहल बढ्ने व्यापार व्यवसाय पनि फस्टाउने गथ्र्यो,’ उनले भने,‘विभिन्न कारणले २५ वर्षयता सञ्चालन हुन सकेको थिएन । यस वर्षबाट औपचारिक सुरुवात गरिएको हो ।’ मेलाको अवसरमा तुलसी विवाह, धार्मिक प्रवचन, सन्ध्या आरती, स्थानीय लोक तथा भजन संस्कृतिको प्रदर्शनलगायत कार्यक्रम गरिएको थियो । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण र युवाको सहभागिता बढाउने उद्देश्यले मेला पुनः सञ्चालन गरिएको खड्काले बताए ।

  • २०८३ मंसिर ७, आईतवार