• २०८३ मंसिर ६, शनिबार
  • 2026 November 21, Saturday

नियमित महाधिवेशन पक्षधर काँग्रेस बागलुङको सभापतिमा सागर छन्त्याल

  • २०८३ मंसिर ६, शनिबार

बागलुङ । नेपाली काँग्रेस नियमित पक्षधर बागलुङको सभापतिमा सागर छन्त्याललाई चयन हुनुभएको छ ।

शुक्रबार भएको जिल्ला अधिवेशनमा छन्त्याल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो । उपसभापतिमा महेन्द्र आचार्य, शैलेश घर्तिमगर सचिवमा सन्तोष जि सी ,धर्मबहादुर घर्ति मगर, सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी सर्वसम्मत चयन भएका छन ।

यस अघि जिल्ला उपसभापती हुँदै नियमित महाधिवेशन पक्षको जिल्ला संयोजकको जिम्मेवारी समालेका छन्त्याल सभापतिमा सर्वसममत हुनुभएको छ । सभापती छन्त्यालको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए ।

अधिवेशनको पूर्व प्रधानमन्त्री एवं पूर्व सभापती शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्लाका १० वटै स्थानिय तहबाट प्रतिनिधिहरु सदरमुकाम आएका थिए ।

  • २०८३ मंसिर ६, शनिबार