म्याग्दीको मल्कवाङमा पुग्यो केन्द्रीय विद्युत
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभीए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो […]