अर्नाकोटको प्यास मेटिँदै : पाँच करोडको खानेपानी आयोजना आशाको मुहान बन्दै
बागलुङ । वर्षौंदेखि पानीको जोहो गर्न बिहानै उठ्ने, घण्टौँ हिँडेर पोखरी र आकाशे पानीको भर पर्नुपर्ने बाध्यता यो अर्नाकोटका बासिन्दाको दैनिकी जस्तै बनेको थियो । तर अब त्यो कथा विस्तारै परिवर्तन हुँदैछ । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा करिब पाँच करोड रुपैयाँको लागतमा सुरु भएको नयाँ खानेपानी आयोजना यहाँका बासिन्दाका लागि आशाको नयाँ मुहान बनेको छ । […]