सर्वसिद्धिधाम पञ्चकोटमा ‘आनन्द प्रवेशद्वार’ निर्माण
बागलुङ । सर्वसिद्धिधाम पञ्चकोटमा प्रवेशद्वार निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटधाममा दाताको सहयोगमा निमार्ण गरिएको प्रवेशद्वार शनिवार उद्घाटन गरिएको हो । बागलुङ नगरपालिका–३ निवासी हाल काठमाडौँमा बसोबास गर्दै आएका आनन्द राजभण्डारीको सहयोगमा ‘आनन्द प्रवेशद्वार’ निर्माण गरिएको हो । प्रवेशद्वारको राजभण्डारी, उनका परिवारका सदस्य तथा पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले संयुक्त रूपमा उद्घाटन गरेका छन् […]