आदर्श सञ्चार, कतार
पर्वत समाज कतारले पर्वत जिल्ला फलेबास नगरपालिका वडा नम्बर १० कुर्घाका तिल बहादुर दर्जीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गत साउन ८ गते साँझ दाउरा काट्ने क्रममा रुखबाट खसेर मेरुदण्डमा गम्भीर चोट लागेर पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई समाजले एक लाख दुइ हजार तीन सय एक्काइस रुपैयाँ प्रदान गरेको हो ।
स्थापनादेखि नै मानवीय सेवामा सक्रिय संस्थाले संस्थाका सह–सचिव सुधा परियार(अञ्जली) का कान्छो बुबा दर्जीको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो ।
अझै पनि अस्पतालमा उपचाररत रहेका दर्जीलाई उपचारमा ठुलो रकम आवश्यक परेको हुँदा पर्वत समाज कतारका सह–सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
साथै समाजले अभियानमा सहभागी भई आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगिहरु प्रती आभार व्यक्त गरेको छ ।
‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।
