बागलुङ । बागलुङमा जेनजी पुस्ताले भष्ट्रचार विरुद्ध नारा लगाउदै बजार परिकर्मा गरेका छन् ।
देशभर आज जेनजी पुस्ताले निकाल्ने विरोधसभा अन्र्तरगत बागलुङको लोकतान्त्रिक चोकमा आयोजित बिरोधसभा बागलुङ बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमै आएर समापन गरिएको थियो । करिब २०० युवाहरुको सहभागीले विरोध जनाएको थियो ।
विरोश क्षत्री, अभिषेक कटुवाल, ओमकार सुवेदी लगायतका युवाहरुको नेतृत्वमा ‘भष्ट्राचार धपाऔं, देश बचाऔं, घुस लिने ? नलिने, मेरो करले चल्छ तिम्रो घर, नजलाउ हाम्रो भविश्यको घर’ लगायतका नारा लगाउदै विरोध गरेका थिए ।
आन्दोलनमा विभिन्न क्याम्पसका विद्यार्थी, स्वतन्त्र युवा तथा विद्यार्थी नेताहरु समेत सहभागी थिए भने जेनजी आन्दोलनमा पाका युवाहरु समेत सर्मथन गर्न पुगेका थिए । लोकतान्त्रिक चोकमा जम्मा भएका युवाहरुले प्लेकार्ड सहित समिट चोक, जिल्ला प्रशासन कार्यालय हुँदै पुनःलोकतान्त्रिक चोकमा पुगेर आन्दोलन समापन गरिएको थियो । उनिहरुले देशमा भष्ट्राचार बढेको, करको दुरुपयोग बढेको लगायत लेखेका प्लेकार्ड सहितको नारा लगाएका थिए ।
