• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङमा विद्यार्थी संगठनकाे प्रदर्शन

बागलुङ । बागलुङमा विभिन्न विद्यार्थी संगठनले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते गोली हानेर हत्या गरिएका युवा विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २४ गते राष्ट्रको सम्पत्ति जलाउने, जनधनको क्षति पु¥याउने, लुटपाट गर्ने सम्पूर्ण व्यक्तिहरूलाई कारवाही गर्न माग गरेका छन् ।

बागलुङको लोकतान्त्रिक चोकमा भेला भएका विद्यार्थीहरुले भदौ २४ गते गरिएको विध्वंसको आवरणमा संसद विघटन गर्नु पर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने, राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको भन्दै त्यसविरुद्ध एकजुट हुन उनीहरूले आग्रह गरेका छन् ।

उनीहरुले देश अप्ठ्यारो अवस्थामा रहेको बेला वैदेशिक हस्तक्षेप बढेको बताएका छन् । संविधानको हत्या गर्न पाइँदैन, संविधानको कार्यान्वयन गरौँ, वैदेशिक हस्तक्षेप बँद गर, राष्ट्रपतिलाई सार्वजनिक गर गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रद्धर्शनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायतका संगठनका नेताहरु सहभागी थिए ।