• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

म्याग्दीमा संविधान दिवसको अवसरमा प्रभातफेरी

म्याग्दी/ शुक्रबार बेनीमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा प्रभातफेरी आयोजना गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा भएको प्रभातफेरीले बेनी बजारको पक्रिमा पछि बीरेन्द्रचोकमा पुगेर कोणसभा गरिएको थियो ।

बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी सोही स्थानमा पुगेपछि संविधानसभा सदस्य गोविन्द पौडेलले कोणसभालाई सम्बोधन गर्नुभएको थियो । प्रभातफेरीमा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, निजामती कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

जिसस कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले संविधान दिवसका अवसरमा प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई आभार व्यक्त गर्दै आज साँझ विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सहभागिताका लागि अनुरोध गर्नुभयो ।