• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

७७ औं जन्मदिनमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

  • २०८२ आश्विन ८, बुधबार

बागलुङ/ बागलुङका एक जेष्ठ नागरिकले आफ्नो ७७ औं जन्मदिनको अवसर पारेर मानव सेवा आश्रम बागलुङमा खाद्यान्न सहयोग गर्नु भएको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा माझकटेरा घर भई हाल बागलुङ नगरपालिका वडा नं. २ निवासी रन बहादुर खड्काले बुधवार मानव सेवा आश्रम बागलुङमा खाद्यान्न सहयोग गर्नु भएको हो ।

जन्मदिनमा अन्यत्र गरिने खर्च भन्दा मानवसेवा आश्रममा सानो भए पनि सहयोग गर्दा राम्रो हुन्छ भन्ने लागेर खाद्यान्न सहयोग गरेको खड्काले बताउनुभयो ।
जन्मदिन मनाउने, केक काट्ने जस्ता क्रियाकलाप भन्दा मानवसेवा आश्रमले समाजमा अप्ठेरोमा परेकाहरुका लागि गरेको मानवीय कार्यमा साथ दिन पाउदा असाध्यै खुशी लागेको उहाँले बताउनुभयो ।

मानव सेवा आश्रमका संयोजक विपना तामाङले मानव सेवा आश्रमलाई साथ सहयोग दिनेहरुकै कारण यसको महत्व बढ्दै गएको बताउनुभयो ।
जन्मदिनको अवसरमा पारेर जेष्ठ नागरिक खड्का श्रीमती गिता खड्का, छोरी सोविता खड्का जिसी, ज्वाई राम बहादुर जिसीnसहित मानवसेवा आश्रममा पुगेर खाद्यान्न सहयोग गर्नु भएको थियो ।

 

  • २०८२ आश्विन ८, बुधबार