• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

म्याग्दीमा जिप दुर्घटना

म्याग्दी । क्षमताभन्दा बढी यात्रु बोकेको बलेरो जिप म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ तुसारेपानीमा दुर्घटना भएको छ ।

रघुगंगा गाउँपालिका–८ बाट यात्रु लिएर सदरमुकाम बेनीतर्फ आउदै गरेको ग २ च ५९३० नम्बरको जिप बुधबार दिउँसो ब्रेक फेल भइ जिप दुर्घटना.भएको हो ।
जिप सडकबाट करिब १ सय १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

बोलेरोमा भित्र र बाहिर गरी १५ जना सवार रहेका थिए । जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडलले जानकारी दिनुभयो । घाइतेको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ ।

जिप चालक धवलागिरी गाउँपालिका–४ म्याग्दीका ३४ वर्षीय चन्द्रे पुर्जालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।