• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

बागलुङमा पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन

  • २०८२ आश्विन ३०, बिहीबार

अन्तर्राष्ट्रिय बागलुङ समाजले सर्वाधिक पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित दावगरा बसपार्कमा आयोजना गरिएको छ ।

उद्घाटनपछि बोल्दै अमर बहादुर थापाले खेलकूद क्षेत्रमा प्रदेशमा बस्ने नेपालीको ठूलो लगानी रहेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ समाज अन्तराष्ट्रिय जिल्लाबासीको सुःख दुःखमा काम लाग्ने मलम भएको बताउनुभएको छ । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भलिबल खेलले भित्रताको भावना प्रदा गर्ने बताउनुभएको छ ।

कार्यक्रम अन्तराष्ट्रिय बागलुङ समाजका सचिव तथा प्रतियोगिता संयोजक राजु थापाको अध्यक्षता, जिल्ला भलिबल संघका अध्यक्ष योगेश भण्डारीको स्वागत तथा भव बहादुर कुँवर क्षत्रीको सञ्चालनमा सम्पनन भएको थियो । खेलमा बागलुङका १० पालिकाको १० समूह सहभागी रहेको समाजले जनाएको छ ।

  • २०८२ आश्विन ३०, बिहीबार