• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

ढोरपाटनको कालिज फार्ममा चितुवाको आक्रमण

  • २०८२ कार्तिक १, शनिबार

बागलुङ। बागलुङको एक कालिज फार्ममा शुक्रबार चितुवाले आक्रमण गर्दा चार लाख बराबरको कालिज मारेको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ स्थित सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा ४ लाख बराबरको कालिजमा क्षति पुगेको छ । बिक्री गर्नका लागि तयारी गरिएको कालिजमध्ये २०० कालिज चितुवाको आक्रमणबाट मारेको फार्मका सञ्चालक चुडामणी कँडेलले जानकारी दिनुभयो । यस्तै ६० भन्दा बढी कालिजलाई चितुवाले घाइते बनाएर चितुवा भागेको थियो ।

चितुवाको आक्रमणले ठूलो संख्यामा कालिज मरेपछि चिन्तित बनाएको कँडेलले बताउनुभयो । कँडेलले २०७५ सालदेखि कालिज पाल्दै आउनुभएको थियोे । फार्ममा अहिले १ हजार ८०० कालिज रहेका छन् ।

  • २०८२ कार्तिक १, शनिबार