• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

२३ औं जेसीजकप फुटबल प्रतियोगिताको तयारी पुरा

  • २०८२ मंसिर ८, सोमबार

म्याग्दी । म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ । मंसिर ८ देखि १३ गते सम्म बेनी बजारको खुल्ला मञ्चमा हुने प्रतियोगिताको सबैजसो तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितको बारेमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी म्याग्दी जेसीजले जानकारी गराएको हो । २२ औं संस्करण देखि प्रायोजन सम्झौता गरेको एभरेष्ट ग्लोबलले २६ औं संस्करणका सम्म एक लाखका दरले नगद उपलब्ध गराउने जेसीज कप फुटबल प्रतियोगिताका मुल संयाजक नविन पौडेलले जानकारी दिनुभयो ।

२३ औं जेसीज कप फुटबल प्रतियोगिताका संयोजक तथा म्याग्दी जेसीजका कोषाध्यक्ष पौडेलले प्रतियोगिताको तयारीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुनेले रनिङ शिल्ड सहित ट्रफि, प्रमाणपत्र र नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउने छन् । त्यस्तै दोश्रो हुनेले ३५ हजार पाँच सय ३५ रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगद सहित पुरस्कृत गरीने छ । त्यस्तै अनुसासित टिम र सेमीफाइनल पुग्ने टिमलाई पनि नगद सहित सम्मान गर्ने म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्तीले जानकारी दिनुभयो ।

सन १९९९ मा म्याग्दी जेसीजको स्थापना भए पछि सन २००० देखि म्याग्दीमा जेसीजकप फुटबल प्रतियोगिताको थालनी भएको थियो । जेसीजको अगुवाइमा माध्यमिक तहको कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने फुटबलको शुरुआत गरेर जेसीजे नयाँ कदम चालेको थियो । सोही प्रतियोगिताको २२ औं संस्करणको उपाधि माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले जितेको थियो ।

  • २०८२ मंसिर ८, सोमबार