बागलुङ । बागलुङमा जारी आठौं बागलुङ महोत्सवको पुरुष पुरूष भलिबलको उपाधि होटल समिट धौलागिरीले हात पारेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को सेटमा पराजित गर्दै होटल समिटले जित हाँसिल गरेको हो ।
होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले जित्दै उपाधि हात पारेको हो ।
विजेता बनेको होटल समिटले ट्रफीसहित नगद रू. २ लाख १ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद रू. १ लाख २१ हजार ५ सय हात पार्यो ।
प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलना मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्यो । तेस्रो स्थान प्राप्त गरेको मेरो डेण्टल होमले ट्रफीसहित रू. ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ ।